देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओलीमा एउटामा मान्छेमा हुने न्यूनतम नैतिकता पनि छैन ; प्रचण्ड

देशान्तर

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेक्रविक्रम चन्द ‘विप्लव’लाई आफ्नो पार्टीमा स्वागत गर्न चाहेको बताएका छन् ।

पेरिसडाँडामा भएको पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले आफू हिँडेकै बाटोमा आएकाले विप्लवसँग शान्तिपूर्ण राजनीतिमा सँगसँगै हिँड्न सकिने बताए । विप्लव शान्तिपूर्ण राजनीतिमा आएकोमा खुसी व्यक्त गर्दै प्रचण्डले अब एउटै पार्टीमा रहेर काम गर्ने इच्छा रहेको बताए ।

‘विप्लव अन्ततःमैले कोरेकै गोरोटोमा आइपुग्नु भएको छ । उहाँलाई पनि धन्यवाद भन्न चाहन्छु, र छिट्टै यस्तो कार्यक्रममा स्वागत गर्ने प्रतिक्षामा छु’, प्रचण्डले भने । प्रधानमन्त्री केपी शर्माप्रति आक्रोसित देखिएका प्रचण्डले ओलीमा एउटामा मान्छेमा हुने न्यूनतम नैतिकता पनि नभएको आरोप लगाए ।