देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री ओलीले भोलि कोरोना विरुद्धको खोप लगाउने

देशान्तर

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि कोरोनाविरुद्धको खोप लगाउने भएका छन्। प्रधानमन्त्री ओलीले भोलि बिहान १० बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर कोरोना विरुद्धको कोभिड शिल्ड खोप लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताएका छन्। प्रधानमन्त्रीको निजी चिकित्सक प्राडा दिव्‍या सिंह शाहले पनि प्रधानमन्त्री ओलीले कोरोना विरुद्धको खोप लगाउने बताइन्।

उनले भनिन्, ‘प्रधानमन्त्रीज्यूलाई पनि कोरोना विरुद्धको खोप लगाउन लागिएको छ तर भोलि लगाउनुहुन्छ कि पर्सि भन्नेमा निर्णय भइसकेको छैन। भोलिबाट कोरोना विरुद्धको खोप अभियानको दोस्रो चरण सुरु हुँदैछ।