देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रवक्ता शर्माको प्रश्न : विप्लवसँगको सहमतिमा हतियार बुझाउने बुँदा खोइ ?

देशान्तर

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विप्लव समूहले राज्यलाई हतियार नबुझाएकोप्रति लक्षित गर्दै चौथो बुँदा खोइ भन्दै प्रश्न गरेका छन् । सरकार र नेत्रविक्रम चन्द विप्लवबीच भएको सहमतिमा हतियार बुझाउने बुँदा उल्लेख नभएकोप्रति उनले प्रश्न गरेका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै सिंगो मुलुकले यसको जवाफ चाहेको बताएका छन् । आज सरकार र विप्लव समूहबीच भएको तीन बुँदे सहमतिपछि प्रवक्ता शर्माले ट्वीटरमा लेखेका छन्- ‘प्रचण्ड आउँदा खोलाले बगायो, थोरै हतियार, विप्लव आउँदा पूरै ? राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ ? सिंगो देश चाहन्छ यो गम्भीर प्रश्नको जवाफ !!’