देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दाहाल नेकपा संसदीय दलको नेता चयन

देशान्तर

काठमाडौँ – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल संसदीय दलको नेता चयन भएका छन् । सिंहदरबारमा शुक्रबार बसेको दाहाल-नेपाल पक्षको संसदीय दलको बैठकबाट दाहाललाई दलको नेतामा चयन गरिएको नेता सोमप्रसाद पाण्डेले जानकारी दिए । पुस ९ गते संसदीय दलको नेता चयन गरिएको थियो । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको अवधिलाई शून्य समय मानेकाले आजको बैठकले फेरि उहाँलाई संसदीय दलको नेता चयन गरिएको हो उनले भने ।

नेकपा दाहाल-नेपाल समूहले प्रधानमन्त्रीसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरी लगायतलाई हटाएकोबारे बिहीबार संघीय संसद् सचिवालयलाई जानकारी गराएको थियो । नेकपाका वरिष्ठ नेता झलनाथ खनालको अध्यक्षतामा बसेको संसदीय दलको बैठकमा दाहाल र नेपालले आधिकारिक पार्टी आफूहरू रहेको बताएका छन् ।