देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दाहाल-नेपाल पक्षद्धारा निर्वाचन आयोगमा लिखित असन्तुष्टि पेश

देशान्तर

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल-नेपाल पक्षले निर्वाचन आयोगलाई लिखित रूपमै आफूलाई मान्यता दिन ढिलाइ गरेकोमा प्रश्न उठाएको छ । शुक्रबार दिउँसो दाहाल-नेपाल पक्षका नेताहरु निर्वाचन आयोग कार्यालयमा पुगेर बहुमतबाट सबै प्रक्रिया पूरा गर्दा पनि निर्वाचन आयोगले मान्यता नदिएकोमा लिखित रुपमा आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन् ।

नेकपा नेता लिलामणि पोखरेलले आयोगलाई आफ्नो पार्टीको तर्फबाट लिखित असन्तुष्टि पेश गरेको जानकारी दिए । दाहाल-नेपाल पक्षले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर लिखित पत्र दिएका थिए । आयोगले दाहाल नेपाल पक्षलाई आइतबारदेखि यस विषयमा छलफल थाल्ने गरि बैठक बोलाइएको जनाकारी दिएको नेता पोखरेलले बताएका छन् ।