देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अब नेपाल शान्तिपूर्ण देश भयो, द्धन्द्ध छैन : प्रधानमन्त्री ओली

देशान्तर

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रवार) देखि नेपालमा कुनै पनि हिंसात्मक द्धन्द्ध बाँकी नरहेको बताएका छन् । सशस्त्र सङ्घर्ष गरिरहेको नेत्रविक्रम चन्द विप्लव समूहसँग भएको सम्झौता घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले अब नेपालमा कुनै पनि हिंसात्मक द्धन्द्ध बाँकी नरहेको बताए।

उनले आज ९शुक्रवार० नेपालमा शान्तिको नयाँ युग सुरु भएको भन्दै शान्तिको भूमि नेपालमा अब वास्तविक शान्ति भएको बताए। प्रधानमन्त्री ओलीले विप्लव समूहसँग भएको सम्झौता फोर्स ल्याण्डिङु वा क्र्यास ल्याण्डिङु नभइ सेफ ल्याण्डिङु भएको बताए।

प्रधानमन्त्री ओलीले विप्लव समूहसँग भएको सम्झौता रातारात भएको नभइ लामो समयको छलफलपछि सम्भव भएको बताए। सरकार र विप्लव नेतृत्वको नेकपाबीच यसअघि तीन बुँदे सहमति भएको थियो । सहमतिमा सरकार र विप्लव समूहबीच राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, विप्लव समूहका सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने विषयहरू समेटिएका छन् ।

सहमतिपत्रमा भनिएको छ, ‘दुवै पक्ष नेपाल सरकार तथा नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरू वार्ता तथा संवादबाट समाधान गर्न सहमत भएका छौँ । आफ्ना सबै राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रूपमा सञ्चालन गर्न सहमत भएको छ । नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा भएका नेता तथा कार्यकर्ताको रिहा गर्दै सम्पूर्ण मुद्दा खारेज गर्न सहमत भएको छ । ’