देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओलीलाई हटाउन नसक्ने भएपछि अविश्वास प्रस्ताव फिर्ता भयो : महेश बस्नेत

देशान्तर

भरतपुर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन नसक्ने देखेपछि नेकपाको प्रचण्ड–नेपाल पक्षले अविश्वास प्रस्ताव फिर्ता लिएको बताएका छन् ।

भरतपुरमा बुधबार आयोजित राष्ट्रिय युवा सङ्घ नेपाल चितवनको कमिटी घोषणा, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा उनले  भने, “त्यही भएर अब अरु दलका नेतालाई गुहार्न थाल्नुभएको छ ।” उनले सूर्य चिन्ह आफ्नो पार्टीमै कायम रहने पनि जिकिर गरे । 

‘प्रचण्ड–नेपाल पार्टी फुटाएर जानुभो तर पार्टी फुटेको घोषणा गर्न सक्नुभएको छैन । मैले पार्टी फुटाएँ भनेर निर्वाचन आयोगमा जानुभएको छैन । किनभने उहाँहरुलाई सूर्य चिह्नको माया लागेको छ’, उनले भने, ‘आगामी निर्वाचनमा सूर्य चिन्नबिना प्रचण्ड र नेपाललाई कुनै भोट प्राप्त हुन सक्दैन ।’

कार्यक्रममा युवा सङ्घका इञ्चार्ज बस्नेतले चितवन कमिटीका ५०१ लाई शपथ ग्रहण गराएका थिए । जिल्लामा सुशील केसीको संयोजकत्वमा युवा सङ्घ गठन गरिएको छ ।