देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशभर थप ६७ जनामा कोरोना सङ्क्रमण, ६२ जना डिस्चार्ज

देशान्तर

काठमाण्डौ – पछिल्लो २४ घण्टामा देशभर ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन हजार तीन सय ९९ जनाको पीसीआर परीक्षण भएकोमा ६७ जनालाई सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए । आज थपिएकामध्ये काठमाण्डौ उपत्यकाका मात्रै ५६ जना रहेका छन् ।

काठमाण्डौमा ३९, ललितपुरमा १४ र भक्तपुरमा ३ जनालाई कोरोना पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा ६२ जना कोरोनामुक्त भएका छन् । अहिले नेपालमा सात सय ६६ जना सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये ४२ जना आईसीयू र नौ जनाको उपचार भेन्टिलेटरमा भइरहको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।