देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारको नेतृत्व गर्न कांग्रेस तयार छ : शशांक कोइराला

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेकपाको दाहाल–नेपाल समूहसँग मिलेर कांग्रेस सरकारमा जानुपर्ने बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव प्रचण्ड-माधव समूहले या कांग्रेसले ल्याउनेसमेत बताए । बुधबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री कोइरालाले नेकपालाई टुटाउनका लागि भए पनि कांग्रेस सरकारमा जानुपर्ने बताए ।

उनले भने, ‘प्रचण्ड-माधव नेपालसँग मिलेर हामी सरकारमा जानुपर्छ भन्ने मेरो व्यक्तिगत धारणा हो ।’ नेकपा विभाजन नभइ कांग्रेस सरकारमा गएर केही उपलब्धी नहुनेसमेत उनले बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रचण्ड-माधव समूहसँग मिलेर भए पनि पदबाट हटाउने बताए ।

उनले सरकारको नेतृत्व गर्न कांग्रेस तयार रहेको पनि बताए । सरकारबारे कांग्रेसले आधिकारिक धारणा तय गरिसकेको छैन ।