देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने

देशान्तर


काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ ।

आगामी शुक्रबार दिउँसो १ बजे संघीय संसद भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा बैठक आह्वान गरिएको हो ।

फागुन २३ गते अपराह्न ४ बजे पुनःस्थापित प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ । सो बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा संसदीय दलको बैठकबाट टुंगो लगाउने नेपाली कांग्रेसका नेताहरु बताउँछन् ।

बैठकमा संसदमा पार्टीको रणनीतिसहितका छलफल हुने जनाइएको छ। सरकारको सिफारिसमा राष्ट्रपतिले फागुन २३ गतेका लागि संसदको अधिवेशन बोलाइएको छ।