देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकार र विप्लव समूहको वार्ता समिति गठन सकारात्मक: कांग्रेस

देशान्तर

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न टोली गठन गरेकोलाई सकारात्मक भनेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै वार्ता समिति गठन सकारात्मक भएको र ईमान्दार वार्ताबाट समाधानमा पुग्न आग्रह गरेका छन् ।

काँग्रेस सबै समस्याको समाधान वार्ता, संवादबाट गर्नु पर्ने मान्यतामा दृढ रहँदै आएको उल्लेख गर्दै विज्ञप्तिमा सरकार र विप्लव समूहले इमान्दारीपूर्वक बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, संसदीय शासन प्रणालीको परिधि भित्र रहि समाधान खोज्ने छन् भन्ने विश्वास लिएको उल्लेख गरिएको छ ।