देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओली संसद् भित्रैबाट देशलाई बन्धक बनाउने प्रयासमा : गगन थापा

देशान्तर

सर्लाही – कांग्रेस नेता गगन थापाले सर्वोच्च अदालतले संसद् पुन:स्थापना गरेपश्चात् प्रधानमन्त्री केपी शर्मा ओली संसद् भित्रैबाट देशलाई बन्धक बनाउने प्रयासमा लागेको आरोप लगाएका छन् ।

सर्लाहीको धनकौलमा पार्टीद्वारा आयोजित आमसभालाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्री अंक गणितको खेलमा लागेर देशलाई बन्धक बनाउने प्रयास भइरहेको बताए । उनले निर्वाचन आयोगले पनि प्रधानमन्त्रीको यो प्रयासमा मलजल गर्दै साथ दिएको आरोप लगाए ।

थापाले नेकपाको आधिकारिकता विवादमा निर्णय गर्न ढिला गरेर निर्वाचन आयोगले ओलीको गलत कदमलाई साथ दिइरहेको बताए । ‘अंक गणितको खेलमा लागेर प्रधानमन्त्री देशलाई बन्धक बनाउने प्रयासमा लागिरहेका छन्,’ उनले भने, ‘यसमा निर्वाचन आयोगले पनि पार्टी विवाद टुंगोमा नपुर्‍याउँदा उनको यो कदममा साथ दिइरहेको छ ।’