देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साउदीबाट आएका राना सुन सहित पक्राउ

देशान्तर

काठमाडौं – महानगरपालिका ९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ थान बाला र २ थान औंठी समेत गरी १ सय ६० ग्राम सुन जस्तो देखिने पहेंलो धातु सहित स्याङजा चापाकोट नगरपालिका ६ घर भएका ४२ वर्षीय नगेन्द्र कुमार रानालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

हिमालय एयरलाईन्सको बिमानबाट साउदीको रियादबाट आगमन भएका रानालाई प्रहरीले जाँच गर्दा अवैध रुपमा ल्याएको उक्त परिमाणको धातु सहित विमानस्थल पार्किङ एरियाबाट फेला पारी पक्राउ गरेको जनायो । रानालाई बारमद धातु सहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइने अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।