देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रिमियर लिगमा लिभरपुल विजयी

देशान्तर

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी भएको छ ।

लगातार चार खेलमा पराजित भएको लिभरपुल पाचौं खेलमा स्पष्ट तीन अंक जोड्न सफल भएको हो ।

आइतबार राति भएको खेलमा लिभरपुलले पुछारबाट शीर्ष स्थानमा रहेको सेफिल्ड युनाइटेडमाथि २–० गोल अन्तरले पराजित गर्न सफल भयो ।
लिभरपुललाई जिताउनका लागि दोस्रो हाफमा दुई गोल हुँदा एक गोल उपहार नै पाएको थियो ।

४८ औं मिनेटमा लिभरपुलका लागि कर्टिस जोन्सले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

कियन ब्रेनले ६४ औं मिनेटमा बल क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा गोल गरेपछि लिभरपुल २–० ले विजयी भयो ।
लिभरपुल यो नतिजासँगै ४३ अंकका साथ छैटौं स्थानमा छ । प्रिमियर लिगको तालिका अनुसार म्यानचेस्टर सिटी ६२ अंक जोड्दै शीर्ष स्थानमा रहँदा ५० अंक जोडेको म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा छ ।

लेस्टर सिटी ४९ अंकसहित तेस्रो स्थानमा रहँदा ४५ अंक जोडेको वेस्टह्याम चौथो तथा चेल्सी ४४ अंकसहित पाँचौं स्थानमा छ ।