देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसका नेता जोशीको स्वास्थ्यमा क्रमिक सुधार

देशान्तर

काठमाण्डौ – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था क्रमिक सुधार हुन थालेको छ ।

गएको शुक्रवार बिहान मष्तिष्कघात भइ नर्भिक अस्पतालमा भर्ना भएका नेता जोशीको सघन उपचार कक्ष ९आईसीयू० को भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

शनिवारको तुलनामा आज उनको स्वास्थ्य अवस्थामा निकै सुधार देखिएको उपचारमा संलग्न न्युरो सर्जन डाक्टर राजीव झाले जानकारी दिए ।

डा , झाका अनुसार जोशीले दाहिने हात र खुट्टा बढी चलाएकाछन् । जोशीलाई आइतवार बिहानदेखि नै बेहोस पार्ने औषधि दिन छाडिएको छ ।

जोशीको टाउकोमा जमेको रगत र रक्तमिश्रित पानीसमेत लगभग सफा भएको पाइएको छ ।