देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एम्बुलेन्सको ठक्करबाट पाटेबाघ घाइते

देशान्तर

पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जभित्र एम्बुलेन्सको ठक्करबाट वयस्क पाटेबाघ घाइते भएको छ ।

निकुञ्जभित्र पर्ने राजमार्गको रम्मापुर–सैनवार सडकखण्डको बीचमा पर्ने बबई पुलदेखि पूर्व बुढी खोला नजिक एम्बुलेन्सको ठक्करबाट शनिबार पाटेबाघ घाइते भएको बर्दिया निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिए ।

नेपालगञ्जबाट पश्चिमतर्फ जाँदै गरेको से १ च २४२१ नम्बरको एम्बुलेन्सले बुढी खोला नजिक पाटेबाघलाई ठक्कर दिएको थियो ।

एम्बुलेन्सले बाघलाई ठक्कर दिएलगत्तै एम्बुलेन्स चालकले बाघ घाइते भएको निकुञ्ज प्रशासनलाई खबर गरेका हुन् । एम्बुलेन्स चालकले खबर गरेलगत्तै बिहानैदेखि निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र निकुञ्जको टोलीले घाइते भएको बाघको खोजी गरिरहेको छ ।

‘घटनास्थल राजमार्गमा बाघको रगत छ । एम्बुलेन्समा बाघको रौँहरु पनि टाँसिएको छ । त्यसैले बाघ आफू पनि जोखिममा र हिँडडुल गर्नेहरुका लागि पनि जोखिम हुने भएकाले घटनास्थल आसपासमा सेनासहित निकुञ्जको टोली खटिएको र घाइते बाघको खोजी भइरहेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज मुख्यालय ठाकुरद्वारबाट घटनास्थलतर्फ घाइते बाघको खोजीका लागि हात्तीसहितको टोली खटिसकेको छ । हात्तीको सहायताबाट आज बिहानैदेखि घाइते बाघको खोजी थालिएको छ । एम्बुलेन्स र चालकलाई निकुञ्जले नियन्त्रणमा लिएको छ ।