देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

केपी ओलीले धरातल बिर्सेर आफूलाई महाराजधिराज सम्झिए ; प्रचण्ड

देशान्तर

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई महाराजधिराज ठान्ने गरेको बताएका छन् ।


शनिबार काठमाडौंमा आयोजित नेकपा प्रचण्ड–माधव समूह सम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू जन्मिएको धरातल बिर्सेर प्रधानमन्त्री ओलीले आफूलाई महाराजधिराज सम्झिएको टिप्पणी गरेका हुन् ।

कम्युनिष्टहरुले हिजो जुन वर्गको विरुद्धमा विद्रोह गरे त्यही वर्गलाई अहिले केपीओलीले साथ दिएको पनि बताए ।
कम्युनिष्ट आन्दोलनलाई कालो पोत्ने वा धब्बा लगाउने गरि कम्युनिष्ट पार्टीबाटै आएको कदम आश्चार्यजनक रहेको अध्यक्ष दाहालको भनाइ छ ।

शिक्षकहरुको वामपन्थीप्रति आर्कषण बढ्नुमा नेपालको माटोको भूमिका रहेको उनको दाबी छ ।