देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘बी’ डिभिजन : सातदोबाटोसँग ३-२ ले हार्‍यो खुमलटार

देशान्तर

काठमाण्डौ – सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सातदोबाटो युथ क्लबले खुमलटार युथ क्लबलाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा शुक्रवार भएको पहिलो खेलमा सातदोबाटोले खुमलटारलाई तीन-दुईले हराएको हो ।

सातदोबाटोका दोर्जे तामाङ, आशिष राई र भुवन बस्नेतले एकरएक गोल गरे । खुमलटारका सविन केसी र आदिल हमिदले एकरएक गोल फर्काए । जितसँगै सातदोबाटो सात खेलमा १९ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ ।

खुमलटार १६ अङ्कका साथ दोस्रो स्थानमा छ । यस्तै अहिले साढे तीन बजे एन्फा मैदानमै मध्यपुर युथ एसोसिएशन र टुसाल क्लब खेल्दैछन् । टुसाल आठ अङ्कसहित सातौँ स्थानमा छ भने पुछारमा रहेको मध्यपुरको एक अङ्क छ ।