देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चीनद्धारा काठमाण्डौको दरबार हाई स्कुललाई शैक्षिक सामग्री सहयोग

देशान्तर

काठमाण्डौ – चीन सरकारले काठमाण्डौको दरबार हाई स्कुललाई शैक्षिक सामग्री सहयोग गरेको छ । चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा चीन सरकार र चिनियाँ नागरिकको तर्फबाट लेखन सामग्री (स्टेशनरी ), खेलकुद सामग्री, स्वास्थ्य सामग्री, पोसाक सहयोग गरेको छ ।

शुक्रवार विद्यालयमा विशेष कार्यक्रम आयोजना गरी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शैक्षिक सामग्री हस्तान्तरण गरका हुन । त्यस अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले चीन सरकारले आफैले पूनर्निर्माण गरेको विद्यालयमा सहयोग निरन्तर प्राप्त भइरहेको भन्दै राजदूत यान्छीलाई धन्यवाद दिए ।

२०७२ सालको भूकम्पबाट दरबार हाई स्कुल पूर्णरूपमा क्षति भएपछि चीन सरकारले विद्यालय भवनको निर्माण गरेको थियो । पुनर्निमाणपछि बनेको भवनमा रहेका कक्षा कोठाहरू ठूला, फराकिला र आधुनिक देखिएको छ ।

चीन सरकारको सहयोगमा नै विद्यालयमा फर्निचरलगायतका सबै सामग्रीको व्यवस्थापन गरिएको थियो । पुनर्निमाणपछि विद्यालयमा पठनपाठन सुरु भइसकेको छ ।