देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाण्डौको तारकेश्वर र सुर्खेतको वीरेन्द्रनगरमा फेरि बर्ड फ्लू देखियो

देशान्तर

काठमाण्डौ । काठमाण्डौको तारकेश्वर नगरपालिका र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा फेरि बर्ड फ्लू पुष्टि भएको छ ।

पशुपक्षी परीक्षण रोग अन्वेषण प्रयोगशालामा पीसीआर परीक्षण गर्दा तारकेश्वर नगरपालिका १ मा पालिएका व्यावसायिक फार्ममा बर्ड फ्लू पुष्टि भएको पशुसेवा विभागले जनाएको छ । यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा पनि बर्ड फ्लू पुष्टि भएको विभागका प्रवक्ता चन्द्र ढकालले जानकारी दिए ।

बर्ड फ्लूको सङ्क्रमण पुष्टि भएका ठाउँका झण्डै १५ हजार कुखुरा नष्ट गरिएको छ । विभागकाअनुसार ५ हजार ६ सय ५७ वटा लेयर्स कुखुरा, ७ हजार २ सय ३६ वटा ब्रोइलर कुखुरा, २ हजार ५ सय ४ वटा लोकल कुखुरा, ५० वटा टर्की, १६ वटा बट्टाई, ३ हजार ५ सय ७० वटा अण्डा र ३ हजार किलो दाना नष्ट गरिएको छ ।

विभागले विज्ञप्ति निकालेर देशका केही ठाउँमा बर्ड फ्लूको सङ्क्रमण पुष्टि भएसँगै देशभर सघन निगरानी बढाइएको जनाएको छ ।