देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

म्यानचेस्टर सिटी र रियाल मड्रिड बिजयी

देशान्तर

युरोपियन च्याम्पियन्स लिग फुटबलमा बुधबार राति म्यान्चेस्टर सिटी र रियाल मड्रिड विजयी भएका छन् । राउण्ड अफ सिक्सटिन पहिलो लेगको खेलमा स्पेनको रियाल मड्रिडले इटालीको एटलान्टालाई १–० ले हरायो ।

एटलान्टालाई उसैको मैदानमा पराजित गर्न रियाल मड्रिडका फर्लान्ड मेन्डीले ८६ औं मिनेटमा निर्णायक गोल गरे । बुधबार राति भएको दोस्रो खेलमा इंग्ल्याण्डको म्यान्चेस्टर सिटीले जर्मनीको बोरुसिया एम्ब्याचलाई २–० ले पराजित गर्‍यो ।

सिटीका लागि बर्नार्डो सिल्भा र ग्याब्रियल जिससले एक एक गोल गरे । पछिल्लो समय निकै उत्कृष्ट फर्ममा रहेको म्यान्चेस्टर सिटीको यो लगातार १९ औं जित हो । यी खेलहरुपछि युएफा च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ सिक्सटिन अन्तर्गत पहिलो लेगका सबै ८ खेल सकिएका छन् । दोस्रो लेगका खेलहरु मार्च १० तारिखदेखि हुनेछन् ।