देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सर्वोच्चको फैसला स्वीकार्य : ईश्वर पोखरेल

देशान्तर

काठमाडौँ – उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसद विघटनको सम्बन्धमा सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली निकट पोखरेलले सर्वोच्चको फैसला नमान्ने कुरा अलोकतान्त्रिक हुने बताए ।

ओली समूह निकट प्रेस संगठन चितवनले आज आयोजना गरेको पत्रकार भेटघाटमा पोखरेलले सरकार विरोधी दलहरुले निर्वाचनमा जाने कुरालाई अलोकतान्त्रिक र प्रतिगमनको संज्ञा दिएको बताए । उनले जनतामा जाने कुरा कहिले पनि अलोकतान्त्रिक नहुने बताए ।

निर्वाचनबाट ताजा जनादेश प्राप्त हुने उनको भनाइ छ । उपप्रधानमन्त्री पोखरेलले नेपाली जनताले इच्छाएको पार्टी र प्रतिनिधिलाई विजयी बनाउने अवसर आएको बताए ।