देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुरक्षा परिषद् बैठक बस्दै

देशान्तर

राष्ट्रिय सुरक्षा परिषद्को बैठक अहिले केहीबेरमा बस्दैछ । प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका हुन् ।

मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलाई नै मध्यनजर गरेर बैठक बोलाइएको अनुमान गरिएको छ । रक्षा मन्त्रालयले भने बैठकलाई नियमित भनेको छ ।

प्रतिनिधिसभा विघटनको मुद्दामा फैसलाको प्रतिक्षा भैरहेको समयमा बैठक राख्नुलाई अर्थपुर्ण रुपमा हेरिएको छ । बैठकको अध्यक्षता परिषद्को प्रमुख तथा प्रधानमन्त्रीले गर्नेछन। राष्ट्रिय सुरक्षा परिषद्को बैठक राष्ट्रिय विपत् र सुरक्षामा खतरा पैदा भएका वेला सेना परिचालनसम्बन्धी निर्णय गर्न बस्ने गर्दछ ।

संसद पुनर्स्थापना भए संकटकाल लगाउने तयारी प्रधानमन्त्री केपी ओलीले गरेको नेकपा दाहाल नेपाल पक्षका नेताहरुले आरोप लगाउदै आएका छन ।

संसद पुनर्स्थापनाको पक्षमा अदालतले निर्णय गरे र सुर्य चिन्ह आफूलाई नदिए आन्दोलनमा जाने घोषणा प्रधानमन्त्री ओलीले विराटनगरको जनसभालाई सम्बोधन गर्ने क्रममा गरिसकेका छन् ।

यसअघि सोमबार प्रधानसेनापति पूर्णचन्द्र थाप र प्रधानन्यायधिश चोलेन्द्रशमशेर जबराबीच भेटघाट भएको थियो । प्रतिनिधिसभा विघटनको मुद्दाको फैसला सुनाउने अन्तिम अवस्थामा भएको भेटलाई पनि अर्थपुर्ण मानिएको छ ।