देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रिमियर लिगमा क्रिष्टलको जीत

देशान्तर

इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिष्टल प्यालेस विजयी भएको छ । सोमबार राति भएको खेलमा क्रिष्टलले ब्राइटनमाथि २–१ गोल अन्तरको जीत दर्ता गरेको हो ।

क्रिष्टलका लागि जिन फिलिपे मोटेटा र क्रिष्टियन बेन्टेकले एक एक गोलको बराबरी खेल्दा ब्राइटनका लागि जोएल भोल्टम्यानले एक गोल फर्काएका थिए । ब्राइटनको मैदानमा मोटेटाले गोल गर्दै पाहुना टोली क्रिष्टललाई शुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोलले पछि परेको ब्राइटनले ५५ औं मिनेटमा बराबरी गरेको थियो । ब्राइटनका लागि भोल्टम्यानले गोल गरेपछि खेल एक एक गोलको बराबरीमा आएको थियो ।

तर, दोस्रो हाफको अरिक्त समयको पाँचौं मिनेटमा बेन्टेकले गोल गरेपछि क्रिष्टल स्पष्ट तीन अंक लिन सफल भयो । यो नतिजासँगै क्रिष्ट प्रिमियर लिगको तालिकामा ३२ अंक जोड्दै १३ औं स्थानमा छ भने पराजित भएको ब्राइटन २६ अंकका साथ सोह्रौ स्थानमा छ ।