देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मेलम्चीको सुरुङमा परीक्षणका लागि पानी पठाउन सुरु

देशान्तर

काठमाडौ . मेलम्चीको साढे २६ किलोमिटर लामो सुरुङमा पानी पठाएर परीक्षण गरिएको छ।

खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आज सोमबार सुरुङबाट पानी पठाएर परीक्षण गरिएको हो।

खानेपानी मन्त्री मणि थापाले सुरुङमा पानी हालेर परीक्षण थालनी गरेका थिए। सो परीक्षणका लागि मन्त्री थापा सोमबार विहान आयोजनास्थल मेलम्ची पुगेको उनका स्वकीय सचिव राजेन्द्र गौतमले बताए।

गत असारमा पनि सुरुङमा पानी भरेर परीक्षण गरिएको थियो तर हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट ९नं १७० फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो।

परीक्षणमा केही अप्ठेरो स्थिति आइपरे तत्काल उद्धार गर्ने व्यवस्था मिलाउन हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको छ।

सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौँको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्ने जनाइएको छ।