देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाराको आरती वनस्पति उद्योगमा भएको आगलागी नियन्त्रणमा आयो

देशान्तर

काठमाडौ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका(९ स्थित आरती वनस्पति उद्योगमा आगलागी भएको छ । आइतबार साँझ ७ः३५ बजेबाट लागेको आगो सोमबार (आज ) बिहान ११ बजेतिर मात्रै नियन्त्रणमा आएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए । ज्वलनशील पदार्थ हुने उद्योगमा भएको आगलागी नियन्त्रणमा लिन ८ वटा दमकलको प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

वीरगञ्ज महानगरपालिकाका ३ वटा, हेटौंडा, जीतपुरसिमरा, कलैया उपमहानगरपालिका, कोहल्वी नगरपालिका, नेपाल आयल निगम अमलेखगञ्जका एक एक गरी ८ वटा वारुणयन्त्र र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।