देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लागूऔषध खैरो हिरोइनसहित ४ जना पक्राउ

देशान्तर

काठमाडौ । मोरङ कटहरी गाउँपालिका २ का ३३ वर्षीय धनिराम चौधरी, ३७ वर्षीय मनराज शेख र २३ वर्षीय कैलाश मण्डल लागूऔषध खैरो हिरोइनसहित पक्राउ परेका छन्।

आइतबार दिउँसो साढे ३ बजे कटहरी गाउँपालिका ४ स्थित चमराही चौकबाट लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

प्लास्टिकले बेरिएको अवस्थामा खैरो हिरोइन आठ ग्राम र डिजिटल काटा थान १ सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

त्यस्तै सिराहा मिर्चैया नगरपालिका ६ बस्ने २८ वर्षीय ब्रमदेव यादव लागूऔषध डायलेक्स–डीसीसहित पक्राउ परेका छन्।