देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेस

देशान्तर

मोरङ – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव पेस भएको छ । आइतवार बसेको प्रदेश संसद् बैठकमा प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका छन् ।

मुख्यमन्त्री राईविरुद्ध नेकपाको दाहाल-नेपाल समूहले गएको पुस १२ गते अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । मुख्यमन्त्री राईविरुद्ध नेपालको संविधानको धारा १८८ ९४० तथा प्रदेश सभा नियमावली २०७४ को १२९ ९१० बमोजिम अविश्वासको प्रस्ताव पेस भएको नेकपा दाहाल-नेपाल समूहले जनाएको छ । नेकपाको ओली समूहले नेकपा राजनीतिक रूपमा फुटे पनि कानुनी रूपमा नफुटेको भन्दै अविश्वासको प्रस्तावको वैधानिकताबारे प्रश्न गर्दै आएको छ ।

आइतवार पनि बैठकअघि मुख्यमन्त्री शेरधन राईले सभामुखलाई पत्र पठाएर अविश्वासको प्रस्ताव वैधानिक नभएको स्मरण गराएका छन् । तर सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश सरकार तथा ओली पक्षका सांसदको उपस्थिति विनै बैठक राखेर मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पेस गर्न अनुमति दिएका छन् ।

अविश्वास प्रस्ताव पेस हुनेबित्तिकै सभामुख प्रदीपकुमार भण्डारीले बैठक आउँदो २० गतेसम्मका लागि स्थगित गरेका छन् । अविश्वासको प्रस्तावमाथि फागुन २० गतेदेखि छलफल हुने बताइएको छ ।