देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आत्मघाती गोलले वुल्भ्स विजयी

देशान्तर

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा वुल्भ्सले आत्मघाती गोलको मद्दतमा लिड्स युनाइटेडलाई पराजित गरेको छ । शुक्रबार राति भएको खेमला वुल्भ्सले लीड्स युनाइटेडलाई १–० ले पराजित गरेको हो ।

लीड्सका मेस्लिएरले ६४औँ मिनेटमा गरेको आत्मघाती गोल नै वुल्भ्सको जितका लागि पर्याप्त भयो । जितसँगै २५ खेलबाट ३३ अंकसहित वुल्भ्स ११औँ स्थानमा उक्लिएको छ ।  ३२ अंक रहेको लीड्स १२औँ स्थानमा छ ।