देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रतिनिधिसभा पुनर्स्थापनाकै पक्षमा छु ,नेकपा उपाध्यक्ष : गौतम

देशान्तर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले आफू प्रतिनिधिसभा पुनर्स्थापनाकै पक्षमा रहेको बताएका छन् ।

बुधबार नेकपा एकता अभियानको घोषणा गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भङ्ग नगरी राजीनामा दिएको भए उनको इज्जत बढ्ने बताए । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई भागमा विभाजित छ ।

ओली र प्रचण्ड–नेपाल समूहमा नेकपा विभाजित देखिए पनि गौतम पार्टी एकताकै पक्षमा आफू उभिएको बताईरहेका छन् । गौतमले आज ललितपुरको धोविघाट मा आफूपक्षिय भेला गरेका थिए ।