देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसद विघटनविरुद्ध आन्दोलन गर्ने निर्णय सर्वसम्मत् हुदा पार्टीमा कुनै अन्यौल छैन : कांग्रेस

देशान्तर


काठमाडौ ,नेपाली कांग्रेसले सम्पूर्ण एकताका साथ संसद विघटनविरुद्ध आन्दोलन गर्ने सर्वसम्मत निर्णय गरेको हुँदा त्यसबारे पार्टीमा कुनै विवाद नरहेको प्रष्ट्याएको छ ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादउन्मुख हुँदा त्यसविरुद्ध नेपाली कांग्रेस निरन्तर आन्दोलनमा रहेको र त्यसबारे कुनै अन्यौल नरहेको सो पार्टीले जनाएको छ।

कतिपय संचार माध्यममा नेपाली कांग्रेसभित्र विद्यमान सन्दर्भ र आन्दोलनबारे विवाद रहेकोे भ्रमपूर्ण समाचार प्रकाशित भएको हुंदा त्यसलाई स्पष्ट गर्न प्रेस नोट प्रकाशित गरिएको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन्।

‘संसद विघटनपछि पुस १३, पुस २५, माघ ३ र माघ ८ गते संघीय निर्वाचन क्षेत्रदेखि वडा तहसम्म गरिएका प्रदर्शनहरु सभापति शेरबहादुर देउवाको निर्देशनमा महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरेर सर्वसम्मतिले बैठकबाट पारित भएर सम्पन्न गरिएका हुन्,’ पौडेलले भनेका छन्, ‘

माघ १३ गते केन्द्रीय कार्यसमितिको बैठकमा आन्दोलनको अर्को चरणको कार्यक्रम पनि त्यसरी नै सभापति देउवाको निर्देशनमा महामन्त्री खड्काले प्रस्तुत गर्नु भएर बैठकले सर्वसम्मतिले नै पारित गरेको छ।