देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लुटपाटमा संलग्‍न रहेको आरोपमा २ जना पक्राउ

देशान्तर

काठमाडौं – सुनका गरगहनासमेतका धनमाल लुटपाटमा संलग्‍न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं दरबारमार्गस्थित आधिँखोला दोहोरी साँझमा काम गर्ने बझाङको जयपृथ्वी नगरपालिका-१ घर भएका सुनिलबहादुर सिंह र दोहोरी साँझमा चालकको काम गर्ने सिन्धुपाल्चोक साँगा चोकगढी घर भएका कृष्णबहादुर श्रेष्ठ रहेका छन्।

काठमाडौं स्युचाटारस्थित एक घरमा माघ १० गते राति धनमाल लुटपाट भएको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्‍न उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूबाट करिब सवा ३ तोलाको १ थान सुनको सिक्री, करिब २ तोलाको १ थान सुनको औठी, हात्तीको पुच्छर भएको करिब साढे १ तोलाको १ थान सुनको ब्रासलेट र उक्त दोहोरी साँझको बा।३ च ६६४९ नम्बरको मारुती कार प्रहरीले बरामद गरेको छ।