देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ला लिगामा बिलवाओको शानदार जित

देशान्तर


स्पेनीस ला लिगा फुटबलमा एथ्लेटिक बिलवाओले शानदार जित दर्ता गरेको छ । सोमबार राति भएको खेलमा गेटाफेलाई ५–१ गोल अन्तरले पराजित गर्दै बिलवाओ तालिकामा २४ अंक बनाउँदै नवौं स्थानमा पनि पुगेको छ ।

बिलवाओ शुरुमै पछि परे पछि उत्कृष्ट पुनरागमन जित निकाल्न सफल भयो । गेटाफको मार्क कुकुरेल्ला सासेस्टाले पहिलो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । उक्त अग्रतालाई भने गेटाफेले जोगाउन असफल रह्यो ।

१२ औं मिनेटमा राहुल गार्सियाले गोल गर्दै बिलवाओलाई बराबरीमा ल्याएका थिए । पहिलो हाफ दुवै टिमले एक एक गोलको बराबरी खेले पनि बाँकी चार गोल बिलवाओले दोस्रो हाफमा गरेको हो ।

५० औं मिनेटमा यारे अल्भारेज लोपेजले गोल गरेपछि बिलवाओले अग्रता २–१को लियो । यस्तै ६१ औं मिनेटमा गार्सियाले व्यक्तिगत दोस्रो गोल गरेपछि बिलवाओ फराकिलो जित तर्फ अघि बढेको थियो ।

७५ औं मिनेटमा एलेजान्द्रो बेरेनगुएरले गोल थपेपछि ४–१ ले अघि बढेको थियो भने ८२ औं मिनेटमा ओस्कर मार्कोसले गोल गर्दै ५–१ को फराकिलो जित दिलाए ।