देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सभापति देउवाद्वारा वैद्यको निधनप्रति दुःख व्यक्त

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको काठमाडौँ जिल्ला कार्यसमितिका पूर्वउपसभापति दयानन्द वैद्यको निधनप्रति दुःख व्यक्त गरेका छन् । वैद्यको यही माघ ८ गते त्रिपुरेश्वरस्थित आफ्नै निवासमा निधन भएका हो ।

सभापति देउवाले आज शोक सन्देशमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरेका छन ।

विसं १९९२ जेठ १३ गते जन्मिएका वैद्यले २०१७ सालमा प्रजातन्त्र अपदस्त भएपछि अप्रजातान्त्रिक कदमको विरोधमा उत्रँदा पाँच वर्ष एक महिना कारागार जीवन व्यतित गरेका थिए ।

वैद्यले कांग्रेसको सङ्गठन निर्माण र नेपालका लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्दै सभापति देउवाले उनको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको बताएका छन ।