देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वाग्मतीकाे प्रदेशसभा बैठक बस्दै

देशान्तर

वाग्मती प्रदेशसभाको बैठक आज बस्दै छ । राजनीतिक दलहरूको दबाबका कारण प्रदेश सभामुख सानुकुमार श्रेष्ठले बैठक बोलाएका हुन्।

बिहीबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलका प्रतिनिधिहरूको निरन्तर दबाबपछि सभामुख श्रेष्ठले शुक्रबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

अविश्वासको प्रस्तावको सामना गर्न प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल तयार छन् । यद्दपी यो विषयमा कानुनविद् र दलका शीर्ष नेताहरूसँग छलफलका लागि सभामुख श्रेष्ठले बैठक बोलाउन लागेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मुख्यमन्त्री पौडेलविरुद्ध नेकपाकै पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहका ४५ प्रदेशसभा सदस्यले हस्ताक्षरसहित गत पुस १० गते प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका थिए । सभामुख श्रेष्ठले बैठक अनिश्चितकालका लागि स्थगन गरेका थिए ।

अविश्वासको प्रस्तावका प्रस्तावक शालिकराम जमकट्टेलले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको अवस्थामा उनकै मन्त्री रामेश्वर फुयाँललाई कार्यव्यवस्था परामर्श समितिमा राखेर छलफल गरेको भन्दै सभामुखको आलोचना गरेका थिए ।

मुख्यमन्त्री पौडेल निकटका सांसदहरुले भने अविश्वासको प्रस्तावको सामना गर्न तयार रहेको बताए ।