देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

५८ वर्ष कैद सजाय पाएका एक व्यक्ति १५ वर्षपछि पक्राउ, १० जनाले दिएका थिए जाहेरी

देशान्तर

काठमाडौं । ५८ वर्ष कैद सजाय पाएका चोर १५ वर्षपछि पक्राउ परेका छन् । चोरी मुद्दामा फरार ४१ वर्षीय दिपक श्रेष्ठलाई प्रहरीले काठमाडौं महानगरपालिका-६ बौद्धबाट शनिबार पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाको विशेष टोलीले दोलखा घर भइ बौद्ध बस्ने उनलाई पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले बताए । उनीविरूद्ध नवराज न्यौपानेसहित १० जनाले छुट्टाछुट्टै जाहेरी दिएका थिए ।

१० वटा चोरीको मुद्दामा काठमाडौं जिल्ला अदालतले २०६३ पुस २३ गते उनीविरूद्ध कैद सजाय सुनाएको थियो । अदालतले उनलाई ५८ वर्ष कैद सजाय सुनाएको एसपी कार्कीले बताए । श्रेष्ठलाई पक्राउ गरी फैसला कार्यान्वयन गर्न अदालतमा उपस्थित गराइएको छ ।