देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा पूर्व राज्यमन्त्री मोतिलाल दुगड नियुक्त

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा पूर्व राज्यमन्त्री मोतिलाल दुगड नियुक्त भएका छन् । दुगडलाई मन्त्रीसहरको सुविधा दिएर विशेष आर्थिक सल्लाहकार बनाइएको हो ।

यसअघि, उनी उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री थिए । पछिल्लोपटक प्रधानमन्त्रीले मन्त्रिपरिषद् हेरफेर गर्दा दुगड बहिर्गमनमा परेका थिए । यसअघि, प्रधानमन्त्री ओलीको विशेष आर्थिक सल्लाहकार पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा थिए । खतिवडा अमेरिकाका लागि नेपालको राजदूत नियुक्त भएपछि दुगडलाई विशेष आर्थिक सल्लाहकार नियुक्त गरिएको हो ।

दुगडले आफू प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएको जानकारी दिए । ‘मैले १३ महिना उद्योग राज्यमन्त्री भएर काम गरेकै आधारमा प्रधानमन्त्रीले विशेष आर्थिक सल्लाहकार नियुक्त गर्नुभएको हो’, उनले भने ।

यसअघि, उद्योग मन्त्रालय मात्रै हेरेकोमा अब अर्थ मन्त्रालयमा निजी क्षेत्रको कुरा पनि लैजाने उनले बताए । ‘राज्यमन्त्रीबाट हट्दा निजी क्षेत्रमा निराशा छाएको थियो । देशलाई समृद्ध गर्नुछ भने आर्थिक क्षेत्र बलियो हुनुपर्छ । यसको लागि मेरो ठूलो भूमिका हुन्छ’, उनले भने ।