देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युवा विद्यार्थीलाई प्रचण्डको निर्देशन : अब ‘साकाहारी’ होइन, ‘आक्रामक’ आन्दोलन गर्नुहोस्

देशान्तर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘आक्रामक’ आन्दोलन गर्न युवा विद्यार्थीहरुलाई निर्देशन दिएका छन् ।

पार्टीको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आक्रामक आन्दोलनमा उत्रिन निर्देशन दिएका हुन् । उनले आन्दोलनको अग्रभागमा आफू पनि रहने बताएका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायहरुसँग सेटिङ मिलाएको दाबी गर्दै त्यसलाई भत्काउन सशक्त आन्दोलन गर्नुपर्ने बताएका छन् । उनले भने, ‘मैले अदालत र निर्वाचन आयोगलाई शंका गर्न चाहेको होइन, तर केपीका मान्छेहरुले सूर्य चिन्ह पनि हाम्रै हुन्छ । पार्टी पनि हाम्रै हुन्छ भन्नुले उनीहरुले सेटिङ मिलाइसकेको भनेर शंका गर्न किन नपाउनु ?’

प्रचण्डले प्रतिगमनलाई परास्त गर्न सम्पूर्ण शक्ति लगाउन आग्रह गरे । ‘म तपाईंहरुको टाउको जोगाउन आफ्नो टाउको फुटाउन तयार छु,’ उनले भने, ‘नेपाललाई प्रतिगमनतिर लैजान कुनै पनि शक्तिले सक्दैन । हामी दिँदैनौं ।’ पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले अघि भने, टाउको चिलाएको हो कि के हो, एक पटक लाठी खान मन छ ।’