देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पिएम कप : आर्मी क्लबको लगातार दोस्रो जित

देशान्तर

काठमाडौँ – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा आर्मीले कर्णाली प्रदेशलाई ८० रनले पराजित गरेको छ । आर्मीले दिएको १९६ रनको लक्ष्य पछाएको कर्णालीले ३३.३ ओभरमा अलआउट हुदै ११५ रन मात्र बनाएको थियो ।

कर्णालीका लागि कप्तान रविन्द्र शाहीले ३० रन बनाए भने हेमन्त ओलीले १६ र दिनेश अधिकारीले १२ रन बनाए । कर्णालीका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए । आर्मीका बलर सुशान भारीले ४ विकेट लिए भने शहाब आलमले ३ विकेट लिएका थिए । त्यस्तै रोहित पौडेलले २ विकेट लिए भने हरी चौहानले एक विकेट लिएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको आर्मीले ४३.१ ओभरमा अल आउट हुदै १९५ रन बनाएको थियो ।

आर्मीका लागि अनिल मण्डलले सर्बाधिक ८९ रन बनाए भने कप्तान विनोद भण्डारीले ४१ रन बनाए । त्यस्तै राजेश पुलामी मगरले १६ र लोकेश बमले १३ रन बनाए । त्यस्तै रोहित पौडेलले ११ र हरी चौहानले ७ रन बनाए । त्यस्तै कर्णालीका बलर दिनेश अधिकारी, राज शाह, दिवान पुनले २-२ विकेट लिए भने अनुज चुनारा, उनिश सिंह र रविन्द्र शाहीले एक एक विकेट लिएका थिए । पिएम कप अन्तर्गत सोमबार बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच खेल हुदै छ भने दोस्रो खेल गण्डकी प्रदेश र प्रदेश २ बीच खेल हुदै छ ।