देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेस सरकारमा जादैन : महामन्त्री कोइराला

देशान्तर

चितवन । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले निर्वाचन आयोगले नेकपाको टुङ्गो नलगाएसम्म निर्वाचन हुन नसक्ने बताएका छन् ।

सञ्चारकर्मीसँग आज यहाँ कुराकानी गर्दै उनले भने, “निर्वाचन हुनका लागि नेकपा फुटेको आयोगले जानकारी गराएर चुनाव चिन्ह दिनुपर्छ ।” यही अवस्थामा अगामी वैशाखमा निर्वाचन हुने सम्भावना नरहेको उनको भनाइ थियो ।

उनले भने, “अहिले कसैलाई काखा र कसैलाई पाखा गर्ने पक्षमा कांग्रेस छैन ।” कांग्रेसले स्वतन्त्ररुपमा आन्दोलन गर्ने र एक्लै गर्ने उनको भनाइ थियो ।

फरक प्रसङ्गमा बोल्दै उनले अहिले कांग्रेस सरकारमा नजाने बताए । उनले भने, “सरकारले तीन वर्ष छ महिनासम्म केही गर्न सकेन । त्यसको अवजस लिन कांग्रेस सरकारमा जाँदैन ।”