March 5, 2021, Friday
२०७७ फाल्गुन २१
ताजा अपडेट

नेपाल-भारत संयुक्त आयोगको बैठक सम्पन्न

  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

काठमाडौं – नेपाल-भारत संयुक्त आयोगको छैटौं बैठक सम्पन्न भएको छ । शुक्रबार भारतको नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको बैठकमा नेपालकातर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतको नेतृत्व उनका समकक्षी एस जयशंकरले गरेका थिए । बैठकमा परराष्ट्रमन्त्रालयका सचिव भरतराज पौड्याल एवं भारतीय विदेश सचिव श्री हर्षवद्र्धन श्रृंगला लगायतका दुवै देशका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

बैठकले यसअघि पाँचौ बैठकमा दुवैपक्षबीच भएका विभिन्न सहयोग एवं साझेदारीको क्षेत्रको समिक्षा गरेको छ । यसबाहेक स्वास्थ्य, शिक्षा, पर्यटन, उर्जा, जलस्रोत, तेल, ग्यास, राजनीतिक सुरक्षा मुद्दाहरु, सीमा व्यवस्थापन, विकास साझेदारी र संस्कृति अभिवृद्धिलगायतका क्षेत्रमा थप सम्बन्ध विस्तार गर्ने निष्कर्ष निकालेको छ ।

Advertisement

बैठकमा नेपालले भारतलाई कोरोना भाइरसविरुद्धको खोप कोभिसिल्ड र कोभ्याक्सिनको उत्पादनका लागि बधाइ दिएको थियो भने कोरोना भाइरसको माहामारीविरुद्ध लड्न दुवै देशबीचको सहकार्यको विषयमा चर्चा भएको थियो । त्यस्तै नेपालले कोभिशिल्ड र कोभ्याक्सिन यथाशक्य छिटो उपलब्ध गराउन अनुरोध गरेको छ । बैठकमा मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको उल्लेखनिय सफलतालाई समेत दुवैपक्षले स्वागत गर्दै अब सो पाइपलाइनलाई चितवन सम्म विस्तार गर्ने र सिल्गुरी देखि झापासम्म पनि नयाँ पाइपलाइन विस्तार गर्ने विषयमा छलफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

दुवै पक्षले सिमाक्षेत्र व्यवस्थापनका लागि थप पहल चाल्ने निर्णय गरेको छ । विरगञ्ज र बिराटनगरमा हालै उद्घाटन गरिएका चेकपोष्टले सीमा सुरक्षालाई सहज पारेको समीक्षा गरिएको छ । भारतले नेपालमा दुई सांस्कृतिक योजना पशुपतिनाथ रिभरफ्रन्ट र पाटन दरबारमा भण्डारखाल बगौँचा निमार्णका लागि अनुदानसहित सहयोग गर्न प्रस्ताव गरेको छ । बैठकमा नेपालले भारतलाई संयुक्त राष्ट्र संघको स्थायी सदस्यमा समर्थन र साथ दिने प्रतिवद्धता व्यक्त गरेको छ । साथै नेपाल-भारत संयुक्त आयोगको अर्को बैठक उपयुक्त समयमा नेपालमा बस्ने सहमति भएको छ ।


  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares