देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माघ ७ देखि राष्ट्रिय महिला लिग फुटबल हुने

देशान्तर

काठमाडौं । माघ ७ गतेदेखि राष्ट्रिय महिला लिग फुटबल हुने भएको छ । अखिल नेपाल फुटबल संघ ( एन्फा ) का अनुसार सात टिम सहभागी यो लिग एक महिना लामो हुनेछ ।

लिग खेल्ने हरेक टिमले चार विदेशी खेलाडी राख्न र खेलाउन सक्नेछन् भने प्रतियोगिताअवधिभर कुनै खेलाडी वा अफिसियललाई कोभिड– १९ को शंका लागेमा एन्फाले नै आइसोलेसनको व्यवस्था गर्नेछ ।

लिगको पहिलो र अन्तिम खेल दशरथ रंगशालामा हुनेछ भने बाँकी खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ । प्रतियोगिता विजेताले १५ लाख पाउनेछ भने दोस्रो हुनेले ८ लाख, तेस्रोले पाँच लाख र चौथोले तीन लाख रुपैयाँ पाउनेछ ।