देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हत्यामा संलग्न एक पक्राउ

देशान्तर

काठमाडौँ – प्रहरीले चन्द्रागिरि नगरपालिका–४ थानकोटका ५२ वर्षीय होमबहादुर सुदारको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त थानकोटको टोलीले होमबहादुरको हत्यामा संलग्न चन्द्रागिरि–२ का २३ वर्षीय रामकृष्ण तामाङलाई मङ्गलबार राति पक्राउ गरेको हो ।

चन्द्रागिरि–४ मा रहेको घुमाउनेस्थित टहराको आँगनमा होमबहादुर अचेत अवस्थामा भेटिएपछि उपचारका क्रममा शहीद मेमोरियल अस्पताल कलङ्कीमा मृत्यु भएको थियो । घटनापछि होमबहादुर अचेत अवस्थामा रहेपछि रामकृष्णले नै प्रहरीलाई खबर गरेका थिए । पक्राउ परेका रामकृष्णले लेनदेनका विषयमा विवाद हुँदा कोदालोको बिंड प्रहार गरेर हत्या गरेको अनुसन्धानमा खुलेको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले जनाएको छ ।