देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुख र शान्तिका लागि लुम्बिनी : मन्त्री ढकाल

देशान्तर

सिद्धार्थनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले आज साँझ शाक्यमुनि बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । भ्रमणका क्रममा उनले निर्माणाधीन अन्तरराष्ट्रिय बौद्ध तथा ध्यान केन्द्रको निरीक्षण गर्नाका साथै केन्द्रीय नहरमा डुङ्गा शयरपछि आमा मायादेवी मन्दिरमा पुगी पूजा समेत गरेका थिए ।

राष्ट्रियसभामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रमुख सचेतक खिमलाल भट्टराई, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय, कोषका कार्यसमिति सदस्य श्रीराम यादव र राजेश ज्ञवाली, काउन्सिल सदस्य इन्साफ अलि, सदस्य सचिव सानुराजा शाक्यसहित पुष्करिणी, शान्ति दीप लगायतको निरीक्षणपनि मन्त्री ढकालले भने, “लुम्बिनी आउँदा सुख र शान्ति प्राप्त हुन्छ । आनन्द अनुभूति भइरहेको छ ।”

मन्त्री ढकालले कोषले गरेका कामप्रति सन्तोष व्यक्त गर्दै विश्वशान्ति अभियानमा लुम्बिनी र यस क्षेत्रको योगदान रहने विश्वास व्यक्त गरे ।