देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेकपाका दुबै समूहले निर्वाचन आयोगमा जवाफ बुझायो

देशान्तर

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुबै पक्ष दाहाल-नेपाल समूह र ओली समूहले निर्वाचन आयोगलाई जवाफ पठाएको छ । दुबै समूहबाट पत्र प्राप्त भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठल जानकारी दिए । पत्रमा केकस्ता विवरण छ भन्ने खुलेको छैन ।

ओली समूहका नेता सुवास नेम्वाङको टोली आयोग पुगेको थियो । अर्का पक्षका नेता लीलामणि पोखरेलले भने आफूहरुले बुझाउनुपर्ने विवरण पहिल्यै सबै बुझाइसकेको जवाफ पठाएको बताए । निर्वाचन आयोगले गत पुस २३ गते दुबै समूहलाई राजनीतिक दल सम्बन्धी नियमावलीको नियम २५ अनुसार सात दिनभित्र ‘सुधारिएको विवरण’ पेश गर्न भनेको थियो ।