देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काेराेना खोपका लागि आर्थिक सहयोग गर्न दातृ निकायहरुलाई सरकारको आह्‍वान

देशान्तर

काठमाडौं । सरकार सरकारले सबै जनतालाई निस्शुल्क खोप उपलब्ध गराउन खोप कोषमा अर्थिक योगदान गरिदिन दातृ निकायहरुलाई आह्‍वान गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै कोभिड खोप नि शुल्क वितरणका लागि ठूलो रकम आवश्यक पर्ने हुँदा विदेशी दातृ निकाय, विभिन्न व्यावसायिक एवं सामाजिक संघ(संस्था तथा परोपकारी संस्थाहरुलाई खोप कोषमा रकम जम्मा गरिदिन आह्‍वान गरेको हो ।

राष्ट्रिय वाणिज्य बैंकमा रहेको खोप कोषको खाता नं। १७००१००१०२०६०००० मा रकम जम्मा गर्न सकिने मन्त्रालयले जनाएको छ ।