January 27, 2021, Wednesday
२०७७ माघ १४
ताजा अपडेट

घरायसी विवादमा बाबुले घरमा आगो लगाउँदा दुई छोराको मृत्यु

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

काठमाडौ – कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोरा जलेर मुत्यु भएको छ।

नरहरिनाथ–७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर मङ्गलबार राति मृत्यु भएको हो । भैरे विष सेवन गरेर आफू पनि गम्भीरावस्थामा रहेको जनाइएको छ ।

Advertisement

घरायसी झगडाका कारणले बटालाले घरमा आगो लगाउँदा उनका १२ वर्षीय र सात वर्षीय छोरा गणेश र मनबहादुरको मृत्यु भएको तथा अर्का चार वर्षीय छोरा खगेन्द्र भने घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले बताए।


  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares