देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आफूसँग चुनाव लड्न प्रधानमन्त्रीलाई रामचन्द्रको निम्तो

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तनहुँमा चुनाव लड्न आउन भनेका छन्। नेता पौडेलले कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकपछि पत्रकारहरुसँग बोल्दै आफूले पाँच पटक चुनाव जितिसकेको बताउँदै त्यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘म पाँचपटक चुनाव जितेको मानिस हुँ। अब चुनावमा तनहुँ आउनुस्, म तपाईंसँग चुनाव लड्न तयार छु।

प्रधानमन्त्री ओलीले योहो टेलिभिजनमा बुधबार अन्तर्वार्ता दिने क्रममा पौडेल चुनावको पक्षमा नदेखिनुको कारण तनहुँमा निर्वाचन हार्ने भएको बताउँदै नेता पौडेललाई क्रान्तिकारी देखिन खोजेको र अब कांग्रेस महाधिवेशनबाट सभापति बन्न पनि सुझाव दिएका थिए।

प्रधानमन्त्री ओलीले गत आइतबार प्रतिनिधिसभा भंग गरेपछि उक्त कदम असंवैधानिक भएको भन्दै कांग्रेसले पुस १३ मा देशैभर आन्दोलन गर्ने घोषणा गरेको छ ।