देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चिनी मिलले फेरि झुक्याए किसानलाई

देशान्तर

 चिनी मिलले उखु किसानलाई खातामा रकम हालिदिएको भनेर झुक्याएको पाइएको छ ।

शुक्रबारदेखि नै किसानका खातामा रकम पठाएको भनिए पनि आइतबारसम्म पैसा नपठाएर आफूहरुलाई झुकयाएको किसानको आरोप छ ।

उखु किसान संघर्ष समितिका सचिव हरिश राय यादवले श्रीराम चिनी मिलले उखुको रकम भुक्तानी नगरेको बताए ।

शुक्रबार रकम खातामा हालिदिएको भने पनि आइतबार खातामा चेक गर्दा रकम नै नआएको उनले जानकारी दिए ।

रौतहटमा रहेको श्रीराम चिनी उद्यागेले शुक्रबार पाँच हजार तीन सय किसानको खातामा रकम पठाएको भनेर विज्ञप्ती जारी गरेको थियो ।

तर, किसानले भने आइतबार दिउँसोसम्म खातामा पैसा नआएको बताएका छन् । श्रीराम चिनी उद्योगका सञ्चालक विशाल अग्रवाल र अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेश अग्रवाल सम्पर्कबाहिर छन् ।

श्रीराम सुगर मिलले शुक्रबारदेखि नै किसानको रकम भुक्तानी गरेको भनेर विज्ञप्ती जारी गरे पनि किसानको खातामा पैसा नगएकाले झुक्याएको सचिव यादवको भनाइ छ ।

उखुको रकम भुक्तानी नपाएसम्म आन्दोलनका कार्यक्रम जारी रहने उनले जानकारी दिए । काराेबार दैनिकमा खबर छ ।