देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पौडेलको गिरफ्तारीले सरकारको चरित्र उदाङ्गो बनायो : गगन थापा

देशान्तर

काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता तथा सांसद गगन थापाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारीले सरकारको चरित्र उदाङ्गो बनाएको बताएका छन् । तनहुँको दमौलीमा पुल उद्घाटनमा काँग्रेस र नेकपा कार्यकर्ताबीच विवाद हुदा पुल उद्घाटन गर्न गएका नेता पौडेललाई आज प्रहरीले हिरासतमा लिएपछि नेता थापाले यस्तो टिप्पणी गरेका हुन् ।

थापाले नेता पौडेलको गिरफ्तारी स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया नभएर नियोजित भएको बताएका छन् । उनले यो घटना राजनीतिक प्रतिशोध हो र शक्ति उन्माद हो भन्दै यसले यो सरकारको चरित्रलाई उदाङ्गो बनाएको छ । साथै नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यो महँगो पर्ने चेतावनी पनि दिएका छन् ।

उनले भनेका छन् – ‘नेका वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया हुनै सक्दैन, होइन । यो नियोजित हो,राजनीतिक प्रतिशोध हो, शक्ति उन्माद हो । यसले यो सरकारको चरित्रलाई उदाङ्गो बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, यो तपाईँका लागि निकै महँगो पर्नेछ ।’